
पोखरा-जीम खेलकुदको अनिवार्य सर्त हो । त्यसैले त सबै खाले खेलसँग सम्बन्धित खेलाडीले जीम गर्नुपर्छ । खास गरी जीम पावर टे«निङको लागि गर्ने गर्छन । पोखरा रंगशालाभित्र रहेको बुल्समेन प्ले ग्राउण्ड जीम सेन्टर छ ।

त्यही जीम सेन्टरको सदुपयोग महिला राष्ट्रिय क्रिकेट टोली गर्यो । पोखराको बन्द प्रशिक्षणमा रहेको महिला राष्ट्रिय क्रिकेट टोलीले सोमबार झण्डै दुई घण्टा विभिन्न फिजिकल प्रशिक्षण गरेका थिए । जीम सञ्चालक नुना गुरुङले निशुल्क प्रशिक्षण उपलब्ध गराएका थिए । रंगशालाभित्रै जीमको व्यवस्था भएकोले पनि क्रिकेट टोलीले रंगशालामै क्रिकेट प्रशिक्षणसँगै आफनो नियमित प्रशिक्षण गर्न पाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…