
पोखरा-आहा रारा पोखरा गोल्डकपमा नवप्रवेशी क्लब राईजिङ स्टार क्लब नवलपरासी त्रिभुवन आर्मीसँग पराजित हुदैं पोखरामा केवल अनुभव साटेर फर्किएको छ । पहिलो हाफको २७ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले निर्णायक गोल गर्दै गोल्डकपको क्र्वाटरफाईनल प्रवेश गर्दा नवप्रवेश टोलीको पोखरा यात्रा सुखद हुन सकेन् ।
सहारा क्लबको आयोजना पोखरा रंगशालामा भईरहेको २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको बुधबार भएको प्रतिस्पर्धामा आर्मीले राईजिङमाथि प्रतिस्पर्धात्मक जित आत्मसात गर्यो । कमल थापाले मिलाईदिएको पासलाई भरत खवासको उत्कृष्ट हेडर गोलमा परिणत भएपछि आर्मीलाई जितको आधार तयार भयो । यद्यपी आर्मीले भने राईजिङलाई सोचेजस्तो दबाव बनाई थप गोलको अवसर भने सृजना गर्न सकेन् ।
विभागीय टोली आर्मी पोखराको मैदानबाट उपाधि उचाल्ने सम्भावित टोलीमा हेरिदैं आएको छ । तर उपाधिमा नाम भने लेखाउन सकेको छैन् । अधिकांश नयाँ खेलाडीलाई टोलीमा उतार्दा आर्मीले प्रभावकारी खेल पस्कन सकेन् । दर्शकको समर्थन मोसफलको टोली राईजिङलाई रहेपनि समर्थनलाई जितमा परिणत गर्न असमर्थ बन्यो ।
पहिलो हाफको अन्तिम समयमा दिनेश हेमजनले दिएको क्रसपासलाई अग्ला कदका जिलेस्पीजंग कार्की गतिलो हेड प्रहार गर्न सकेनन् । खेलको प्लेयर अफ दि म्याच आर्मीका भरत खवास बने । हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विहीबारको खेल मछिन्द्र क्लबले जावलाखेल युथ क्लबसँग खेल्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…