
पोखरा-मछिन्द्र क्लबलाई १—० ले पराजित गर्दै जवलाखेल युथ क्लब पोखरामा आयोजित आहा रारा पोखरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा हिसुव थपलियाले गरेको गोल निर्णायक हुन पुग्यो । उनको गोलले जावलाखेललाई अन्तिम आठको यात्रा तय गर्यो भने मछिन्द्रले आहा रारा पोखरा गोल्डकपको यात्रालाई पहिलो खेलबाटै टुग्यांयो ।
खेलको ३८ औं मिनेटमा थपलियाले गोल गरे । सेन्टरलाईनबाट दिएको पासलाई थपलियाले मछिन्द्रका दुई डिफेन्ससँग गोलकिपर विशाल श्रेष्ठलाई कटाउँदै खाली पोष्टमा निर्णायक गोल गरे । उनको गोलले उपाधि दावेदार मानिएको मछिन्द्रको पोखरा यात्रा छोटियो । त्यसभन्दा अघि २२ औं मिनेटमा सुनिल खड्काले हानेको प्रहार सेकेण्ड बार हुदैं बाहिरिएको थियो । खड्का र थपलिया बीच वान टच पासको कम्बिनेसन देखिएको थियो । यद्यपी गोल भने हुन सकेन् ।
खेलको अन्तिम समय धकेलिदैं जादाँ मछिन्द्रले पाएको अवसरलाई गुमाउन पुग्यो । सौरभ लिम्बुले प्रहार गरेको बल क्रसबारमाथिबाट बाहिरियो । त्यसपछि विमल घर्तीमगरले अतिरिक्त समयमा बराबरी गोल गर्ने सुनौलो अवसरलाई खेर फाले । उनको प्रहार निकै फितलो हुदाँ जावलाखेलका गोलकिपर बचाउ गर्दै जितको आधारलाई मजबुत बनाए । थपलिया म्यान अफ दि म्याच घोषित भए ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनामा रहेको २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको अन्तिम प्रिक्वार्टर खेल नेपाल पुलिस क्लबले अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलसँग खेल्ने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…