
पोखरा-दुई पुलिस बीचको डर्बी प्रतिस्पर्धामा फेरी एकपटक नेपाल पुलिस क्लबले बाजी मारेको छ । पोखराको फुटबल मैदानमा भाग्यमानी टोलीको उपमा पाएको नेपाल पुलिस क्लबले २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा शुक्रबार सशस्त्र प्रहरी बललाई २–० गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ । अब नेपाल पुलिस क्लबले १६ गते चर्च ब्वाईजसित सेमिफाईनल प्रवेशको लागि खेल्ने छ ।
पुलिसका लागि दुवै गोल मानबहादुर परियारको नाममा रह्यो । उनले खेलको १९ औं र ७१ ऋौं मिनेटमा गोल गर्दै सशस्त्रलाई पोखराको यो प्रतियोगिताबाट विदाई गर्यो । डबी प्रतिस्पर्धा निकै रोमाञ्चक हुने गरेको छ । त्यसमा पनि अझ दुई पुलिस बीचको भिडन्तले दर्शकलाई समेत उत्साहित बनाईदिएको थियो ।
१९ औं मिनेटमा परियारले प्रताप गुरुङले मिलाईदिएको पासलाई हेडर मार्फत गोल गर्दै नेपाल पुलिस क्लबलाई अग्रता दिलाए । ७१ औं मिनेटमा पनि उनले हेडर मार्फत नै गोल गरेर जित सुनिश्चित बनाए । उनी खेलको प्लयेर अफ दि म्याचको हकदार बने । यी दुई बीचको प्रतिस्पर्धा भने दोस्रो हो । यस भन्दा अघि २०६४ सालमा भएको फाईनल प्रतिस्पर्धामा भेटभएको थियो । त्यो फाईनलमा पनि पुलिसले सशस्त्रलाई उस्तै नजितामा पराजित गर्दै उपाधि चुमेको थियो ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन गरेको प्रतियोगिताको शनिबार पहिलो क्र्वाटरफाईनल खेल थ्रीस्टारले आमन्त्रित पाहुना टोली भुटानको पारो फुटबल क्लबसँग खेल्ने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…