
पोखरा-पोखरा ७ माछापुच्छ्रे टोलमा रहेको पोखरा लनर्स एकेडेमीको १७ औं स्पोर्टस मिट सम्पन्न भएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद मुख्य नारासहित १७ औं स्पोर्ट मिट सकिएको विद्यालयले जनाएको छ ।
पोखरा लनर्स एकेडेमीमा ३ दिन अघि सुरु भएको खेलकुद प्रतियोगितामा अन्तरसदनात्मक तथा समूहगत प्रतियोगिता भएको थियो । विद्यालय सञ्चालक समितिका अध्यक्ष ईश्वर बन्धु गौतमको अध्यक्षतामा सुरु भएको वार्षिक कार्यक्रममा डोरी तान्ने प्रतियोगिता चेस, लङ जम्प, दौड, सटफुट, रिले दौड लगायतका खेलहरुमा प्रतिस्पर्धा गराईएको थियो ।
खेल प्रतियोगताको समापन सभामा प्रिन्सिपल विधान गौतमले टिमस्प्रिड, एकता, आपसी भाइचारा र विद्यार्थीको अनुशासनलाई मजवुद बनाउन नियमित अभ्यास गराउने बताए । तीनदिनसम्म कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीबीच भएको विभिन्न प्रतियोगितामा विद्यालयका भाइस प्रिन्सिपल उष्णा गौतम, शिक्षक आदर्श घिमिरे र कमला गुरुङ लगायतले सहजीकरण गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…