
काठमाडौ- राजधानीमा जारी लि–निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियताविचको सेमिफाईनल समिकरण पुरा भएको छ ।
पुरुष एकल तर्फ समूह ए बाट बिजेताको रुपमा एपिएफका प्रिन्स दाहाल र उपबिजेताको रुपमा नेपाल पुलिसका सुनिल जोशी तथा समूह बी बाट बिजेताको रुपमा ललितपुरका प्रफुल महर्जन र उपबिजेताको रुपमा एपिएफका देवराज रानाले सेमिफाईलनमा स्थान बनाए ।
महिला तर्फ समूह ए बाट ललितपुरकी रशिला महर्जन समूह बिजेता र आर्मीकी अनुमाया राई उपबिजेता तथा समूह बी बाट भोजपुरकी नङ्गशल तामाङ्ग समूह बिजेता र नेपाल पुलिसकी निता लम्साल समूह उपबिजेताको रुपमा सेमिफाईनल प्रवेश गरेका छन् ।
नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शिर्ष ८ को पुरुष एकल तर्फको आजको अन्तिम खेलमा प्रिन्सले पुलिसका जीवन आचार्यलाई २१–१८, २१–१३ ले पराजित गर्दै सेमिमा समूह बिजेता बनेका हुन् । प्रिन्सले लिगका तीनै खेलमा जित हात पारे ।यस्तै अर्को खेलमा नेपाल पुलिसका सुनिल जोशीले एपिएफका बिजित थापा मगरलाई २१–१०, १७–२१, २१–१८ ले पराजित गर्दै लिगमा दुइ जितका साथ समूह उपबिजेता बने ।
यस्तै पुरुष तर्फको समूह बी बाट ललितपुरका प्रफुल महर्जनले आजको खेलमा नेपाल पुलिसका बिष्णु कटुवाललाई २१–१५, २१–१७ ले पराजित गरे । उनले लिगमा आफ्ना तीनै खेलमा बिजय हात पार्दै समूह बिजेता बनेका हुन् । समूह उपबिजेता देवराज रानाले आजको खेलमा नेपाल पुलिसका दीपक बोहरालाई २१–१२, २१–१५ ले पराजित गरे । रानाले लिगका दुई खेलमा जित हात पारे ।
चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ समूह ए को अन्तिम लिग खेलमा ललितपुरकी रसिलाले आर्मीकी अनुमाया राईलाई १७–२१, २१–१६, २१–१२ ले पराजित गर्दै समूह बिजेताको रुपमा सेमिफाईनमा स्थान बनाएकी हुन् । आजको लिग प्रतियोगितामा पराजित भएता पनि समूह उपबिजेताको रुपमा अनुले पनि सेमिफाईनलमा स्थान पक्का गरिन् । यसै समूहको अर्को खेलमा मोरङ्गकी सिमा राजबंशीले सर्लाहीकी निकिता लामालाई २१–८, २१–९ ले पराजित गरिन् ।
यसैगरि समूह बीको खेलमा भोजपुरकी नङ्गशल तामाङ्गले लिगको अन्तिम खेलमा आर्मीकी अमिता गिरीलाई २१–१०, २१–१३ ले पराजित गर्दै समूह बिजेताको रुपमा सेमिफाईनलमा स्थान बनाईन् । तामाङ्गले आफ्नो समूहको तीने खेलमा जित हात पारेकी थिईन् । यसै समूहको अर्को खेलमा पुलिसकी निता लम्सालले एपिएफकी शोभा गौचन माथि २१–११, २१–११ को समान अन्तरले जीत हात पारिन् । लम्सालले लिगमा दुई जितका साथ उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान बनाईन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…