पोखरा-हिमालयन गल्फ क्लबमा आयोजित फेब्रुअरी महिनाको मन्थ्ली मेडल गल्फको उपाधि एएसपी भक्तराज गुरुङले जितेका छन् । शनिबार सम्पन्न भएको प्रतिस्पर्धामा उनले ३२ अंक जोड्दै उपाधि जिते । स्टेबल फोर्डको आधारमा खेलाईएको प्रतिस्पर्धामा उनले २१ गल्फरलाई पछाडी पार्दै उपाधिमा नाम लेखाए ।
पार ६९ को कोर्षको प्रतिस्पर्धामा ३१ अंक सहित एएसपी लिलाजंग गुरुङले उपविजेताको पुरस्कार थापे । ग्रस तर्फको पुरस्कार भने इन्जिनियर सन्तोष गुरुङले जिते ।