
पोखरा-कास्की जिल्ला फुटबल संघले आगामी चैत १७ गतेदेखि कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । फुटबल संघमा आवद्ध क्लबहरुको अन्तरक्रिया कार्यक्रममा क्लबका पदाधिकारीले संघले प्रस्ताव गरेको मितिलाई सर्वसम्मत निर्णय गरेका हुन् । कास्की जिल्ला फुटबल संघमा २३ वटा क्लब आवद्ध छन् ।
संघको नव गठित कार्यसमितिले झण्डै दुईवर्षपछि लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गर्ने जमर्को गरेको हो । कास्कीको माछापुच्छ्रे गाँउपालिकाको त्रिशक्ति क्लब यसै वर्ष मात्रै कास्की जिल्ला फुटबल सघमा आवद्ध भएको हो ।
कास्की जिल्ला फुटबल संघले उदघाटन र समापन पोखरा रगशाला फुटबल मैदानमा गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष उज्वल रन्जितका अनुसार उदघाटन र समापन पोखरा रंगशाला फुटबल मैदानमा हुने छ भने लिगका खेलहरु पोखरा रंगशाला बैकल्पिक फुटबल मैदानसहित अन्य मैदानमा सञ्चालन गरिने उनको भनाई थियो


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…