
पोखरा-आरबीबि एनभीए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल प्रतियोगिता खेल्न काठमाडौं जाने गण्डकी प्रदेशको पुरुष टोलीलाई बुल्समेन क्लब तथा बुल्समेन प्लेग्राउण्ड पोखरा रंगशालाले विदाई गरेको छ ।
क्लबका संरक्षक सुनिल गुरुङ, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङ, क्लबका अध्यक्ष नुना गुरुङ, क्लबका महासचिव उदिम गुरुङ तथा सहसचिव विमल खाँड लगायतले खादा लगाई विदाई गरेका हुन ।

गण्डकी प्रदेशको टोलीको कप्तानी हरि पाण्डेले गर्ने छन । खेलाडीहरुमा सरोज बर्देवा, जीवन सुनार, हिमाल सुनारीमगर, ईन्द्र विक, विश्वास अधिकारी, सुजन चोख्याल, विवश आलेमगर, सन्तोष विक, राजन दर्लामी मगर, कुन्जन शाही रहेका छन । टिम प्रशिक्षकमा रमेश केसी र टिम व्यवस्थापकमा जीवन भण्डारी रहेका छन । क्लबका संरक्षक सुनिल गुरुङले विदाईको क्रममा टिमलाई नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
यसै बीच गण्डकी प्रदेशका भलिबल खेलाडी रवि केसीलाई समेत बैदेशिक रोजगारी तथा उज्वल भविष्को शुभकामनासहित विदाई गरिएको छ । केसी रोजगारीको सिलसिलामा जापान प्रस्थान गरेका छन ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…