
पोखरा
कास्की जिल्ला फुटबल संघले यु १३ छनोट खेलाडी गरेको छ । छनोट भएका खेलाडीहरुलाई प्रदेश छनोटको लागि पठाईने छ ।
संघले अखिल नेपाल फुटबल संघले वर्षेनी राख्ने एकेडेमीको लागि प्रत्येक जिल्लाबाट छनोट गर्दै आएको छ । कास्की जिल्ला फुटबल संघले झण्डै २ सय जना बालकहरुबाट छनोट गरिएको जनाएको छ । संघका अध्यक्ष उज्वल रन्जितका अनुसार बढीमा ४० जना गरिने छ ।
शनिबार पोेखरा रंगशालामा छनोट गरिएको छ । सयोजकमा नरेन्द्रजंग गुरुङ, प्रशिक्षकमा सन्तोष केसी, योगेन्द्र थकाली, बेलकुमार गुरुङ र नरेश केसीले छनोट गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…