
पोखरा- १४ औं वार्षिकोत्सवको अवसरमा यूनाइटेड क्लबले पोखरा १४ छिनेडांडामा रहेको शुुक्रराज बलभद्र माविमा खेलकुद सामाग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको खेलकुद सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोधबहादुर कार्कीले यूनाइटेड क्लबले सामाजिक काम संगै देशमा विद्यमान अवस्थाहरुलाई मध्यनजर गरी कार्यक्रमहरु अगाडि वढाउनुपर्नेमा समेत जोड दिए ।
सो अवसरमा वोल्दै यूनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सव विशुद्ध सामाजिक कामकै लागि आयोजना गरिने भएकाले पोखरा महोत्सवको आम्दानीबाट बचत रकममध्ये केही रकम विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक, खेलकुद सामाग्रीहरु वितरण गर्दै आइरहेको वताए । त्यस्तै विद्यालयका प्रध्यानाध्यापक नारायण प्रसाद भण्डारीले यूनाइटेड क्लव पोखरामा स्थापित भइकन राष्ट्रिय स्तरको क्लबका रुपमा आफुलाई चिनाउन सफल रहेको वताउदै यूनाइटेड क्लबले आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी खेलकुदका सामाग्री वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे । यूनाइटेडको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुदको बिकासमा टेवा पुग्ने उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै यूनाइटेड क्लबका कार्यसमिति सदस्य तथा खेलकुद सामाग्री वितरण कार्यक्रमका संयोजक सन्तोष कार्कीले यूनाइटेड क्लबले स्थापना कालदेखीनै वार्षिकोत्सवको अवसरमा विभिन्न विद्यालयहरुमा शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गर्दै आइरहेकोमा १४ औं वार्षिकोत्सवमा शुक्रराज बलभद्र स्कुलमा अध्ययनरत विद्यार्थीहरुको खेलकुदको बिकासमा केही थप मदत होस भन्ने अभिप्रायले खेलुकद सामाग्री वितरण गरिएको वताए ।
निर्माण समितिको संयोजक ब्यवस्थापन समिति संयोजक तिकलराम लम्सालले यूनाइटेड क्लबको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई राहत पुग्ने बताए । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठल पोखरा महोत्सव सफल बनाउन वडा नम्बर १४ वासीको समेत ठूलो देन रहेको बताए । यूनाइटेड क्लवले आगामी दिनमा पर्यटकीय गन्तब्य निर्माणलाई जोड दिने वताउदै वडा नम्बर १४ संग सहकार्य गरी वडा भित्र पर्यटकीय गन्तब्य निर्माण गर्न आफुहरु तयार रहेको वताए ।
यूनाइटेड क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए । साताब्यापी कार्यक्रम अन्तर्गत सोमबार लेखनाथ २७ अर्चलेमा रहेको कविशिरोमणी आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको महासचिव सुनारले जानकारी दिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…