
पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा यही बैशाख १९ गतेदेखि बलराम स्मृति जिल्लास्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता हुने छ । गत चैतमा आयोजना गर्ने संघले निर्णय गरेपनि अखिल नेपाल फुटबल संघकै निर्देशनमा कास्की जिल्ला फुटबल संघले लिगकम नकाउट फुटबल प्रतियोगिता एक महिना पछि सारेको हो ।
झण्डै दुई वर्षपछि फुटबल संघले क्लबस्तरीय लिगकम फुटबल प्रतियोगिता गर्दै फुटबलको गतिलाई फेरी पुरानै अवस्थामा फुर्काउने तयारीमा जुटेको प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरेन्द्रजंग गुरुङले जानकारी दिए । उनका अनुसार फुटबल संघमा कास्कीका २३ वटा क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले बताए । उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने छ । अन्य विभिन्न विधामा समेत पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।
पुरस्कराशी १ लाख ११ हजार १११ र उपविजेतालाई ६६ हजार ६ सय ६६ रुपैयाँ । अन्य विधामा पनि पुरस्कार प्रदान गरिने छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…