
पोखरा-पोखरा महानगरपालिकाले आर्थिक वर्षको अन्त्यतिर आईपुग्दा बैशाख अन्तिमसातादेखि मार्शल आर्ट फेष्टिबलसहित विभिन्न खेलकुद कार्यक्रम गर्ने योजना सार्वजनिक गरेको छ । बैशाख अन्तिम साता मार्शल आर्ट अन्र्तगत महानगरस्तरीय कराँते, तेक्वान्दो, उसु, फुल कन्ट्याक्ट कराँते, आईटिएफ तेक्वान्दो, जुडो, र हप्किडो गर्ने योजना रहेको महानगर खेलकुद विकास समितिले उल्लेख गरेको छ । महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादु गोदारका अनुसार फेन्सिङ भने राष्ट्रियस्तरको आयोजना गरिने छ ।
त्यस्तै गरी महानगर खेलकुद विकास समितिले कास्की जिल्ला बक्सिङ संघसँगको समन्वयमा राष्ट्रिय बक्सिङ प्रतियोगिता गर्ने समेत उल्लेख गरेको छ । राष्ट्रिय मुआथाई, पोखरा राष्ट्रिय रग्बी सेभेन, मोहन भुगोल फाण्डेशनसँगको सहकार्यमा राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता लगायतका कार्यक्रम गर्ने महानगरपालिका खेलकुद विकास समितिले जनाएको छ । तेस्रो मेयर कप राष्ट्रिय साईकल दौडलाई पनि समावेश गरिएको छ ।
महानगपालिका प्रमुख धनराज आचार्यले खेलकुदलाई बजेट अपुग भएको स्वीकार्दै महानगरपालिका केवल सहयोगी मात्रै भएको उल्लेख गरे । उनले महानगरपालिकाले प्रवद्र्धनात्मक प्रतियोगितासँर्ग केही प्रतियोगिता आयोजना गर्ने जनाउँदै अधिकांश खेल संघसँग समन्वय गरेर प्रतियोगिता आयोजना गर्ने स्पष्ट पारे । महानगरपालिकाले महानगरभित्र खेलकुदको आवश्यक पूर्वाधार तयार गर्न प्रस्ताव माग्ने जनाउँदै प्रस्ताव अनुसार पूर्वाधारमा लगानी गर्ने योजना रहेको महानगर प्रमुख आचार्यको भनाई थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…