
पोखरा-पोखरामा दुईवर्षपछि क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिताको अन्तिम तयारी छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा हुने बलराम केसी स्मृति लिगकम नकाउट क्लबस्तरीय फुटबल प्रतियोगिताको अन्तिम तयारीमा रहेको संघले जनाएको छ ।
संघमा २३ वटा क्लब आवद्ध छन् । आवद्ध क्लबहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । सोमबार प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तालिका अनुसार हेमजा युनाईटेड र फुलबारी क्लब बीच उदघाटन खेल हुने छ । यद्यपी बैशाख १९ गते पहिलो खेल भने ड्यामसाईड युथ क्लबले भदौरे क्लबसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुने प्रतियोगिताको संयोजक एवं कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरेन्द्रजंग गुरुङले जानकारी दिए । उदघाटन भने कास्की जिल्ला फुटबल संघका सल्लाहकार एवं समाजसेवी टिका कार्कीले गर्ने छन् ।
प्रतियोगिताको विजेता क्लबले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउने छ । उपविजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने छ । विधागत समेत पुरस्कार प्रदान गरिने छ । विधागतलाई ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको पूर्व सन्ध्यामा संघले रेफ्री सन्तोष गुरुङलाई ट्रयाक हस्तान्तरण गरेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…