आजदेखि बलराम केसी स्मृति लिगकम नकाउट फुटबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १९ गते २०८१ मा प्रकाशित


पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा आजदेखि बलराम केसी स्मृति क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता शुरु हुदैं छ । पोखरा रंगशाला फुटबल मैदानमा आजदेखि लिगकम नकाउट फुटबल शुर हुने संघले जनाएको छ ।

बुधबार तीन खेल हुने प्रतियोगिताका संयोजक नरेन्द्रजंग गुरुङले जनाए । उनका अनुसार विहानको खेल ड्यामसाईड युथ क्लबले भदौरे युवा क्लबसँग प्रतिस्पर्धा गर्ने छन् । दिउँसो उदघाटन खेल हुने छ । उदघाटन खेल हेमजा युनाईटेड र फुलबारी क्लब बीच हुने छ । उदघाटन समाजसेवी टिका कार्कीले गर्ने सघले जनाएको छ । अन्तिम खेल शितलज्योति र सहारा बीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने संघका अध्यक्ष उज्वल रन्जितले जनाए । उनका अनुसार विधागत पुरस्कार समेत प्रदान गरिने छ । प्रतियोगितालाई स्वर्गिय बलराम केसी परिवारगर्ने प्रायोजन गरेको छ । स्व. केसी तत्कालिन कास्की जिल्ला फुटबल संघका सचिव समेत हुन् । लिग फुटबल प्रतियोगिताकै दौरानमा उनको असामयिक निधन भएपछि कास्की जिल्ला फुटबल संघले उनको सम्मानार्थ लिगको नामाकरण गरी सञ्चालन गर्दै आएको हो ।