
पोखरा-सहारा क्लबको जितसँगै कास्की जिल्लास्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित बलराम केसी स्मृति जिल्ला लिगकम नकाउट फुटबल प्रतियोगितामा सहारा क्लबले शितलज्योति क्लबलाई ३-१ गोलले पराजित गर्दै लिगको सुखद शुरुवात गर्यो ।
पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा भागवत चौधरीले खेलको चौथो मिनेटमा गोल गर्दै सहारालाई अग्रता दिलाए । शितलज्योतिका सविन बस्नेतले १२ औं मिनेटमा गोल फर्काउँदै बराबरी गरे । तर सहाराले खेलमा आफनो पकड जमाउने क्रममा विक्रम गौतमले १५ र मुकुन्द न्यूउरेले ६९ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित बनाए ।
त्यसैगरी उदघाटन खेलमा हेमजा युनाईटेडले फुलबारी क्लबमाथि २-१ को प्रतिस्पर्धात्मक जित निकाल्यो । फुलबारीका निकोलास गुरुङले खेलको २३ औ मिनेटमा गोल गर्दै हेमजालाई दबाव बनाए । तर हेमजाले पनि २४ औ मिनेटमा गोल फर्काउँदै बराबरीमा ल्यायो । सगुन शर्माले बराबरी गोल गरेक थिए । शर्माले नै खेलको ३६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे ।
बुधबार विहान भएको पहिलो खेलमा ड्यामसाईडले भदौरे माथि ४-० गोलको एकपक्षीय नजिता निकाल्यो । विवेक गुरुङले ३२ औं मिनेटमा गोल गरे । मिलन कुमालले ३३ र ४८ मिनेटमा दुई गोल हिर्काउँदा मिलन गिरीले ४६ औं मिनेटमा गोल गरेपछि ड्यामसाईडले फराकिलो जित निकाल्यो ।
प्रतियोगिताको उदघाटन बलराम केसी स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाबहादुर कार्कीले उदघाटन गरेका थिए । प्रतिष्ठानको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार पाउने छ । उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले जानकारी दिए । प्रतियोगितालाई संयोजक एवं उपाध्यक्ष नरेन्द्रजंग गुरुङले स्वागतसहित प्रतियोगिता बारे जानकारी गराएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…