
पोखरा-कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भोलि शुक्रबारदेखि सिडिओ कप ब्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ । प्रतियोगितामा कर्मचारी, जनप्रतिनिधि र महिला तथा पुरुष खुल्ला भेट्रान्स लगायत विधामा प्रतिस्पर्धा हुने छ ।
राजपत्रांकित निजामती उपसचिव वा सो भन्दा माथिल्लो तहका कर्मचारी सरकारी संस्थानका नवौं तह वा सो भन्दा माथिका कर्मचारी पुरुष सहभागी हुन पाउने पत्रकार सम्मेलनमा जानकारी दिईयो । कर्मचारीतर्फको प्रतिस्पर्धामा प्रथम पुरस्कार ५०, दोस्रो ३० र तेस्रो २० हजार रुपैयाँ राखिएको छ ।जनप्रतिनिधि खुल्ला पुरुष डबल्स्तर्फमा ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार छ ।
४५ वर्षमाथिका भेट्रान्स खुला पुरुष डबल्स्तर्फ ४०, २५ र २४ हजार रुपैयाँ पुरस्कार राशी रहेको छ । नेपाल शीर्ष २० तथा बिना विभागीय खुला पुरुष डबल्स् विजेताले नगद ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार प्रथम, द्वितीय र तृतीयलाई प्रदान गरिने भएको छ ।
यु–१५ महिला खुला सिगंल्स् विजेताले ३०, २० र १० हजार रुपैयाँको पुरस्कार प्राप्त गर्ने छन् । जिल्ला प्रशासन कार्यालय कास्की संरक्षक रहेको प्रतियोगिता आधारभूतस्तरबाटै ब्याडमिन्टन खेलको विकासका साथै शारीरिक रुपमा तन्दुरुस्त, मानसिक रुपमा सचेत र सामूहिक भावनाले अभिवृद्धि गराउने उद्देश्य साथ गर्न लागिएको कास्की जिल्ला व्याडमिन्टन संघले जनाएको छ । पोखरा रंगशालामा व्यवस्थित ब्याडमिन्टन खेल मैदान, मर्मत सम्भार, निर्माणका साथै खेल क्षेत्रको विकासलाई अगाडि बढाउने पनि प्रतियोगिताको अर्को उद्देश्य छ । प्रतियोगिताले कर्मचारी तथा जनप्रतिनिधि तहमा पनि खेलको सकरात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…