
पोखरा-भूपु भलिबल खेलाडी पूर्नमिलन तथा शुभकामना भलिबल प्रतियोगिता शुरु भएको छ । पोखरा २३ नयाँ बस्तीमा ३५ वर्ष माथिका भेट्रान्स भलिबल खेलाडीहरुको प्रतियोगितामा भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले यस्तो प्रतियोगिताले निरन्तरता पाउनु पर्ने बताए । उनले पोखरा २३ मा फुटबल मैदान पनि नभएकाले छिटै बनाउन थाल्ने बताए ।
पोखरा २३ मा धेरै मात्रामा सार्वजनीक जग्गाभएका कारण खोजी गरेर फुटबल मैदान पनि बनाउने कामको थालनी गर्ने बताए । त्यसै गरी फेवा सिल्टेसन प्रालिका निर्देशक शिव अधिकारी भलिबल मैदानका लागि आवश्यक पर्ने तारजालीका लागि ४० हजार रुपैया सहयोग गर्ने बताए ।
कार्यक्रममा वडा सदस्य चेतबहादुर क्षत्री, समाज सेवी लेखनाथ पराजुली, प्रतियोगिता संयोजक राजु घले, नवराज पराजुली लगाएतले प्रतियोगिताले नयाँ खेलाडीलाई प्रेरणा प्रदान गर्ने बताए । प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेताले खसी उपहार पाउने छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…