
पोखरा-कालिका माविले टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा सिद्ध माविलाई ४ विकेटले पराजित गर्दै कालिका माविले उपाधि उचाल्यो ।
पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । सिद्धका लागि रचना चौधरीले ४५ रन बनाइन् । कालिकाका बलरहरु पूर्णिमा गुरुङ र श्रद्धा गुरुङले समान ३ तथा अञ्जना सिंखडाले २ विकेट लिइन् ।
जितका लागि १ सय ५ रनको लक्ष्य पछ्याएको कालिकाले १९ औं ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य पुरा गदैै उपाधि आफनो नाममा लेखायो । कालिकाको जितमा श्रद्धा गुरुङले अविजित २६ तथा रिया गुरुङले २१ रनको महत्वपूर्ण योगदान दिईन । सिद्धका बलरहरु रेजिना गदलले २ तथा सञ्जिला राना मगरले १ विकेट लिइन् ।
प्रतियोगितामा कूल १ सय ४६ रन तथा ७ विकेट लिएकी सिद्धकी रचना चौधरी प्लेयर अफ द सिरिज बनिन् । २ सय ३ रन बनाएकी कालिकाका रिया गुरुङ वेष्ट ब्याटर तथा ९ विकेट लिएकी श्रद्धा गुरुङ उत्कृष्ट बलर भइन् ।
विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि आयोजक समितिका अध्यक्ष दिपकबहादुर गोदार, सदस्य सचिव सुवास खड्का, पोखरा–३ का पूर्व वडाध्यक्ष रबिन्सन प्रजू महानगर क्रिके संघका अध्यक्ष बिरेन्द्र पुन, उपाध्यक्ष गोविन्द प्रधान लगायले ट्रफि मेडल प्रमाणपत्र प्रदान गरे । प्रमुख अतिथि गोदारले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न समितिले ग्रासरुटका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । त्यस्तै, बिरेन्द्र पुनले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…