
पोखरा-हिमालयन गल्फ क्लबको आयोजनामा शनिबार भएको अप्रिलको मन्थ्ली मेडल गल्फको उपाधि एएसपी भक्तराज गुरुङले जितेका छन् । उनले शनिबार पार ६९ को हिमालयन गल्फ कोर्षमा ६८ स्कोर गर्दै उपाधि जिते ।
एएसपी लिलाजंग गुरुङ उपविजेता बने । उनले ७० स्कोर गरेका थिए । त्यसैगरी मेजर विजय मोक्तान भने ७१ स्कोरसहित तेस्रो स्थानमा आए ।
ग्रस तर्फको उपाधि क्याप्टेन गण्ोशकुमार गुरुङले जिते । उनले ८० स्कोर गरेका थिए । उनीहरुलाई ब्रिटिस क्याम्प पोखराका मेजर डेविड कार्टर र गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्टले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा २५ गल्फरले सहभागिता जनाएको थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…