
नवआर्दश क्लब र ड्यामसाईड क्लब खेलाडी बल हेड गर्ने प्रयास गर्दै । तस्बिर गोल नेपाल डटकम कास्की ।
पोखरा-ड्यामसाईड क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लामाचौरे क्लब नवआदर्श सामुदायिक विकास समाज पोखरामा आयोजित बलराम केसी स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
बुधबार पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा निर्धारित समयमा गोलरहित टुंगिएपछि नजिता पेनाल्टी सुटआउटमा तय गरिएको थियो । पेनाल्टीमा नवआदर्शले ड्यामसाईडलाई ५–३ गोल अन्तरले पन्छाउँदै लिगको अन्तिम चारमा प्रवेश गरेको हो ।
नवआदर्शका लागि आशिष छन्त्याल, सन्नी गुरुङ, रोशन छन्त्याल, आगमन खड्का, किशोर गुरुङले पेनाल्टीमा गोल गर्दै जित दिलाए । उता ड्यामसाईडका लागि सुमनकुमार श्रेष्ठ, मिलन गिरी, सन्जोग गुरुङले गोल गरे । तर चौथो पेनाल्टी हान्न आएका मिलन कुमालले पोष्टभन्दा पर हिर्काएपछि ड्यामसाईडको यात्रा अन्तिम चारमा प्रवेश गर्नबाट चुक्यो । नवआदर्शका रोशन प्लेयर अफ दि म्याच घोषित भए ।
कास्की जिल्ला फुटबल संघको आयोजना र बलराम केसी स्मृति प्रतिष्ठानको सहकार्यमा सञ्चालित प्रतियोगिताको दोस्रो क्वार्टफाईनल खेलमा एलजी एशोसियसनले संगम एफसीलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । एलजीको जितमा आशिष गुरुङले १४ औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै अग्रता दिलाए । खेलको अतिरिक्त समयमा अभिषेक गुरुङले गोल गर्दै जित पक्का बनाए । उनले ८२ औं मिनेटमा गोल गरे । खेलमा उनी म्यान अफ दि म्याच घोषित भएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…