अर्जुन र सुष्मिता वर्ष खेलाडी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २८ गते २०८१ मा प्रकाशित


पोखरा-आठौं पोखरा स्पोर्टस अवार्डको पुरुष तर्फ क्रिकेटका अर्जुन कुमाल र महिला तर्फ आईटिएफ तेक्वान्दोकी सुष्मिता थापा मगर वर्ष खेलाडीबाट सम्मानित भएका छन् । उनीहरुले टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटर प्राप्त गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार भएको सार्वजनिक समारोहमा क्रिकेटका अर्जुन र आईटिएफ तेक्वान्दोकी सुष्मितालाई वर्ष खेलाडीबाट सम्मान गरिएको हो । वर्ष खेलाडी घोषित उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अवार्ड हस्तान्तरण गरेका थिए ।

यसैगरी उत्कृष्ठ प्रशिक्षक भलिबलका रमेश केसी,उदीयमान खेलाडीको पुरस्कार व्याडमिन्टनकी दिलासा राना घोषित भईन् । उनले नगद ३५ हजार राशी पुरस्कार प्राप्त गरिन् । लाईभटाईम अचिभमेन्टबाट एथलेटिक्सकी इन्द्र मल्ललाई सम्मानित गरिएको थियो । विशेष अवार्ड ओलम्पियन नारायण गुरुङ र टेनिसका विश्व बरियता प्राप्त अभिषेक बास्तोलालाई प्रदान गरिएको थियो । सघ संस्था तथा क्लबबाट यो वर्ष सहारा क्लबलाई प्रदान गरिएको थियो भने पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई प्रदान गरिएको थियो ।

विजेतालाई मुख्यमन्त्री अधिकारी, गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ, आर्थिक मामिला मन्त्री हरि चुमान, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, टेल्जीका प्रवन्ध निर्देशक सन्जिव सिल्पकार, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार लगायतले पुरस्कार प्रदान गरेका थिए ।