भ्याली र एलजी लिगको फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २८ गते २०८१ मा प्रकाशित


पोखरा-भ्याली स्पोर्टस क्लब र एलजी एशोसियसन बलराम केसी स्मृति कास्की जिल्ला लिग फुटबल प्रतियोगिताको फाईलन प्रवेश गरेका छन् । शुक्रबार भएको प्रतिस्पर्धामा भ्याली स्पोर्टस क्लबले हेमजा युनाईटेडलाई १–० गोलले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको लिगमा भ्यालीका लागि अभिषेक थापाले २६ औं मिनेटमा गरेको निर्णायक गोलमा फाईनल प्रवेश गरेको हो ।

यसैगरी दोस्रो सेमिफाईनल खेलमा एलजी एशोसियसनले नवआर्दश सामुदायिक विकास समाजलाई २–१ गोलले पराजित गर्दै फाईनल सुरक्षित गर्यो ।

दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै एलजीले फाईनल प्रवेश गर्दा नवआदर्श सामुदायिक विकास समाज भने निराश हुन पुग्यो । खेलको ७ औं मिनेटमा गोल गर्दै अग्रता लिएको नवआर्दशले दोस्रो हाफमा लय गुमायो । रोशन छन्त्यालले पेनाल्टीबाट अग्रता दिलाएका थिए ।

तर एलजीले खेलको ४८ औं मिनेटमा गोल गर्दै खेलमा फर्कियो । मनोज गुरुङले गोल गर्दै खेलमा फर्काए । त्यस्तै आशिक गुरुङले ७६ औं मिनेटमा निर्णायक गोल गर्दै जित पक्का बनाए । उपाधिको लागि आईतबार खेल्ने छन् ।

बलराम केसी स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित जिल्ला लिगमा २१ क्लबले सहभागिता जनाएका थिए । विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाा प्राप्त गर्ने छ । त्यसैगरी उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरेन्द्रजंग गुरुङले जनाए ।