
पोखरा-टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको चौथो टाईगर कप अन्तराष्ट्रिय भलिबल प्रतियोगिताबाट १८ लाख ३७ हजार रुपैयाँ जोगाएको छ । गत माघको पहिलो साता आयोजना गरिएको प्रतियोगितामा सम्पूर्ण खर्च कटाउँदै १८ लाख ३७ हजार रुपैयाँ बचत गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
संस्थाले मुख्य प्रायोजक सुश्री मिडिया प्रालिबाट १५लाख, मुख्यमन्त्रीको कार्यालय गण्डकी प्रदेश सरकारबाट १० लाख, पोखरा महानगरपालिकाबाट ९ लाख ८५ हजार, राष्ट्रिय खेलकुद परिषदबाट ४ लाख ९२ हजार,प्रदेश खेलकुद परिषदबाट ५ लाख ७५ हजार, प्रवेश शुल्कबाट २२ लाख २२ हजार, स्वदेश तथा विदेश एवं संघसंस्थाबाट सहयोग स्वरुप ५४ लाख १४ हजार रुपैयाँ गरी एक करोड २१ लाख रुपैयाँ प्राप्त भएको अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।
त्यस्तै खर्च तर्फ नेपाली टिमको लागि १४ लाख ९५ हजार, विदेशी टिमको लागि १६ लाख ४७ हजार,पुरस्कार तथा प्रोत्साहन खर्च १९ लाख २४ हजार, प्रतियोगिता समारोह व्यवस्थापन खर्चमा ११ लाख लगायत विभिन्न शीर्षकमा १ करोड ३ लाख ५१ हजार रुपैयाँ खर्च भएको उनको भनाई थियो ।
प्रतियोगितामा महिला तर्फ ६ टोलीले सहभागिता जनाएका थिए । एपीएफ क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, हरियाणा पुलिस क्लब भारतको सहभागिता रहेको थियो । पुरुष तर्फ गण्डकी प्रदेश, हेल्प नेपाल स्पोर्टस क्लबले, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, श्रीलंका आर्मी टिमको सहभागिता रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…