
पोखराः नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लण्डनले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा जिभिपी युके लण्डनले जनकल्याण पोखरा–११लाई ३–१को सेटमा पराजित गर्दै उपाधी चुमेको हो ।
जिभिपी युके लण्डनले जनकल्याणलाई २५–२३,२३–२५,२५–२० र २५–१९ ले जितेको हो । उपाधी बिजेता जिभिपिले नगद १ लाख २० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्यो । उपबिजेता जनकल्याणले नगद ८० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
यस्तै प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घ तृतीय भएको छ ।
शनिबार भएको तेर्सो स्थानको खेलमा माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घले माछापुच्छ्रे गुराँसे भुमेलाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । माछापुच्छ्रे गाउँपालिकाले गुराँसे भुमेलाई २५–२३,२५–२०,२१–२५ र २५–१६ ले जितेको हो ।
तेर्सो भएको माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घले ४० हजार रुपैयाँ सहित ट्र्फी पदक र प्रमाणपत्र र सान्त्वना भएको माछापुच्छ्रे गुराँसे भुमेले २० हजार रुपैयाँ प्राप्त गर्यो । जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उदियमान जनकल्याणका सन्तोष श्रेष्ठ, उत्कृष्ट ब्लकर जिभिपिका चिरण खड्का, सर्भर जनकल्याणका भुपेन गुरुङ, सेटर जिभिपिका देवेन्द्र परियार, लिब्रो जिभिपिका राजन दलार्मी मगर,स्पाइकर जनकल्याणका विष्णु श्रेष्ठ, उत्कृष्ट कोच जिभिपिका अशोक मल्ल र सर्वोत्कृट खेलाडी जिभिपिका उमेश सेन्चुरी चुनिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…