गण्डकीका चार बक्सर तौल समूहमा च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १९ गते २०८१ मा प्रकाशित


पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा आयोजित राष्ट्रिय बक्सिङ प्रतियोगितामा पुरुष तर्फ फ्लाई वेट(५१ केजी)मा बागमती प्रदेशका लालप्रसा उप्रेती च्याम्पियन बनेका छन् । उनले कर्णाली प्रदेशका लक्ष्मण राईलाई पराजित गरेका

त्यसैगरी फेदरवेट(५७ केजी) समूहको प्रतिस्पर्धामा लुम्बिनी प्रदेशका अनिल पुन मगरले गण्डकी प्रदेशका चन्द्र मगरलाई पराजित गर्दै च्याम्पियन बने । त्यस्तै लाईटवेट(६० केजी) समूहमा गण्डकीका शिव सिलवालले सुदुर पश्चिममा रामबहादुर थापालाई पराजित गर्दै च्याम्पियन बने ।

लाईट वेल्टर(६३.५ केजी) तौल समूहमा भने गण्डकीका निश्चिल गुरुङले सुदुरपश्चिमका महेन्द्रबहादुर चन्दलाई पराजित गर्दै च्याम्पियन बने । वेल्टरवेट(६७ केजी) को भिडन्तमा कर्णालीका प्रसाङ सुब्बाले गण्डकी प्रदेशका आयुष तामाङलाई पराजित गरे ।

लाईटमिडल वेट(७१ केजी) को प्रतिस्पर्धामा गण्डकीका निसान गुरुङलाई सुदुरपश्चिमका भरत चन्दले पराजित गर्दै च्याम्पियन बने । मिडलवेट(७५ केजी)को प्रतिस्पर्धामा गण्डकीका टार्जन घर्तीमगरले बागमतीका विनिश राईलाई पराजित गरेका थिए । लाईटहेभी(८० केजी)को फाईटमा भने गण्डकीका ेहेमकुमार गुरुङलाई बागमतीका मनोज तामाङले पराजित गरे । ८६ केजी तौल समूहमा गण्डकीका किरण विकले लुम्बिनीका प्रशान्त थापालाई पराजित गर्दै च्याम्पियन बन्न सफल भए ।

महिला तर्फको प्रतिस्पधाृमा ४८ केजी तौल समूहमा कोशी प्रदेशकी शिला राईलाई मध्यप्रदेशकी मनिशा राईले पराजित गर्दै च्याम्पियन बनिन् । लाईटफ्लाई वेट(५० केजी)को प्रतिस्पर्धामा नेपाल आर्मीकी लालुमाया खत्रीलाई पराजित गर्दै बागमती प्रदेशकी रमिशा श्रेष्ठ च्याम्पियन बनिन् ।

फ्लाईवेट(५२ केजी)को भिडन्तमा एपीएफकी सन्जु थिङले गण्डकी प्रदेशकी सोनिया बरुवाललाई पराजित गरिन् । फेदरवेट(५७ केजी)को प्रतिस्पर्धामा कोशीकी नरिका राईले गण्डकी प्रदेशकी प्रियंका गुरुङलाई पराजित गर्दै च्याम्पियन बनिन् । ७० केजीको फाईटमा एपीएफकी विनिता थापामगरले गण्डकीकी अस्मिता बस्नेतलाई पराजित गरिन् । ७५ केजीको प्रतिस्पर्धामा कोशीकी शिला महर्जनले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गर्दै च्याम्पियन बनिन् ।

बक्सिङ च्याम्पियनसिपमा महिला तर्फ १२ र पुरुष तर्फ १८ गरी ३० जना बक्सरले विभिन्न तौलमा भिडेका थिए । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उदघाटन गरेका थिए । विजेता तथा उपविजेता बक्सरले क्रमश नगद २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे । विजेता बक्सरलाई पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेल, कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ लगायतले पुरस्करा प्रदान गरेका थिए । उत्कृष्ठ बक्सर गण्डकीका निश्चल गुरुङ र महिला तर्फ एपीएफकी विनिता थापामगर घोषित भए ।