
पोखरा-कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई १५–७ ले हराउँदै कर्णाली प्रदेशले प्रतियोगिताको उपाधि जितेको हो ।
उपाधि सहित कर्णाली प्रदेशको पुरुष टिमले ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले ३० हजार रुपैयाँ जितेको छ । तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले बागमती प्रदेशलाई १०–७ ले हरायो । तेस्रो बनेको एपीएफले २० हजार रुपैयाँ हात पारेको छ ।
विजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव श्रीधर शर्मा, राखेपका बोर्ड सदस्य राजेश गुरुङ, रग्बी संघका महासचिव गोबिन्द घिमिरे, गण्डकी प्रदेश रग्बी संघका अध्यक्ष कुमार थिङ लगायतले ट्रफी, मेडल तथा पुरस्कार रकम प्रदान गरेका थिए ।
पोखरा खेलकुद महोत्सव(२०८१ समापन अन्तर्गत आयोजित प्रतियोगितामा सात प्रदेश सहित विभागबाट आर्मी र एपीएफ गरि १० टिम सहभागी थिए । खेलकुदमार्फत पयर्टन क्षेत्रको विकास गर्ने उद्धेश्यका साथ पोखरा महानगरले यस प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितालाई हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखिएको पोखरा महानगरका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले जानकारी दिए । प्रतियोगितालाई पोखरा महानगरपालिका खेलकुद विकास समिति र गण्डकी प्रदेश रग्बी संघले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
प्रतियोगिता संचालन गर्न राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद,गण्डकी र जिल्ला खेलकुद विकास समिति कास्कीले सहयोग रहेको थियोे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…