
पोखरा- जेठको अन्तिम साता पोखरामा गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष र महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पुरुष र महिलाको दुई छुट्टा–छुट्टै टि–२० क्रिकेट प्रतियोगिता हुने छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार पुरुष टि–२० क्रिकेट प्रतियोगिता यहि जेठ ३२ गतेबाट असार ६ गते सम्म पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सञ्चालन हुनेछ भने महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रादन गरिने अध्यक्ष सिग्देलले जानकारी दिए । प्रतियोगितामा ८ जिल्लाको सहभागिता हुने गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…