
पोखरा-यही जेठ ३२ गतेदेखि आयोजना हुने टी-२० प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लागि कास्की जिल्लाको टोली घोषणा गरिएको छ ।
मंगलबार पोखरा रंगशालामा भएको छनोटबाट विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोलीसहित १८ सदस्यीय टिमको घोषणा गरिएको छ ।
खेलाडीहरुमा यु १९ राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेको सुवास भण्डारी, कृष्ण पौडेल, सिब्रिन श्रेष्ठ, आत्दिय थापा, सोहेल कुँवर, यु १९ राष्ट्रिय टोलीका भरपर्दा व्याटर अर्जुन कुमाल, रोहित चन्द, मुष्कान थापा, अभिषेक थापा, विश्वास पराजुली, नितेश गिरी, आयुष सैंजु र विष्णुप्रसाद शर्मा रहेका छन् ।
यसैगरी चार जना बैकल्पिक खेलाडीमा सफल श्रेष्ठ, अरुण अधिकारी, समीर भुजेल र मनिष भण्डारी रहेका छन् । प्रशिक्षकमा ऋषिकेश शर्मा पौडेल रहेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…