
पोखरा-पोखरामा रङ्गशालामा जारी यु–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा बागमती प्रदेश च्याम्पियन बनेको छ । ५ स्पर्धा समावेश टेबलटेनिसमा बागमती च्याम्पियन मात्रै बनेन स्वर्णमा ‘क्लिन स्विप’ गर्यो । दोश्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो । ३ रजत र २ कास्य पदक जितेको छ । बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए ।
दोस्रो बनेको कोशीले २ रजत र २ कास्य प्राप्त ग¥यो । ४ कास्य प्राप्त गरेको लुम्बिनी तेस्रो भयो । आयोजक गण्डकीले २ कास्य जितेको हो । बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन् । उनले छात्र सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते । पोखरा रङ्गशालास्थित कभर्डहलमा भएको छात्र सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२ र ११–६ को सेटमा पराजित गरे । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेश्रो भए ।
छात्रा सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बनिन् । उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई ११–९, ४–११, ११–५ र १३–११ को सेटमा हराइन् । बागमतीका सुरम्य शाक्य र अर्शना महर्जन संयुक्त रुपमा तेश्रो भए । दुईदिने प्रतियोगितामा सातै प्रदेशबाट समान २८–२८ छात्र छात्रागरी ५६ खेलाडी सहभागी थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…