
पोखरा-कास्की जिल्ला फुटबल संघले उमेर समूहको फुटबल एकेडेमी शुरु गरेको वर्षदिनको समय वित्यो । एकेडेमीमा उमेर समूहको बालकहरुको उपस्थिति बाक्लिदैं गएको छ ।
एकेडेमीमा यु ८ देखि यु १८सम्मका झण्डै डेढसय खेलाडीहरुले नियमित प्रशिक्षण लिदैं आएका छन् । उनीहरुलाई पोखरा रगशाला बैकल्पिक फुटबल मैदानमा प्रशिक्षण संघले गराउँदै आएको छ । फुटबलको ग्रास रुट बलियो बनाउने अभियानलाई मूर्त दिन कास्की जिल्ला फुटबल संघले दैनिक प्रशिक्षण गराउँदै आएको छ ।
संघमा आवद्ध क्लबहरुले समेत प्रशिक्षण गराउँदै आएका छन् । प्रशिक्षण गराउने क्लबलाई संघले फुटबल सहयोग उपलब्ध गराउँदै आएको छ । यसैबीच संघले प्रशिक्षण गराउँदै आएको एकेडेमीका बालकसहित अभिभावकलाई पोषण सम्बन्धी प्रशिक्षण दिएको छ । एक दिने कार्यशालामा ५० जनाको उपस्थिति रहेको थियो ।
कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष एवं एकेडेमीका संयोजक समेत रहेका नरेन्द्रजंग गुरुङका अनुसार एकेडेमीमा केवल फुटबल प्रशिक्षण मात्रै नभई आवश्यक पोषण सम्बन्धी समेत ज्ञान हुनुपर्ने भएकोले अभिभावकलाई पोषण सम्बन्धी जानकारी दिइएको छ । शनिबार अभिभावकसहित एकेडेमीका खेलाडीहरुको उपस्थितिमा न्युट्रिसनिष्ट डा. केशव भट्टराईले बढ्दो उमेरसँगै बालबालिकालाई चाहिने आवश्यक पोषणको बारेमा जानकारी गराएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…