पोखरा-शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि सुजन थापाले जितेका छन् । रत्नश्री जिम तेर्सापट्टीका थापाले ६० केजी तौल समूहमा प्रथम हुदैंओभरअल प्रतिस्पर्धामा गरेका थापाले मिष्टर गण्डकीको ताज पहिरिए ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा भएको प्रतिस्पर्धामा पुरुष फिजिकमा रोशन उपरकोटी र महिला तर्फको वेलनेसको पुरस्कार विपना कुमालले जितेकी छन् ।
प्रतिस्पर्धामा ५५ केजी तौल समूहमा प्रज्वलराज जिसी, मौलादिन मियाँ र रोहित श्रेष्ठ प्रथम, दोस्रो र तेस्रो स्थानमा रहे । त्यस्तै ६० केजी तौल समूहको प्रतिस्पर्धामा सुजन थापा, कृष्ण गुरुङ र सुजन पुन क्रमश प्रथम, द्धितीय र तृतीय भए । ६५ केजी तौल समूहमा कुशल गुरुङ प्रथम हुदाँ विक्की गुरुङ दोस्रो र रिक्की गुरुङ तेस्रो स्थानमा रहे । ७०केजी तौल समूहमा भने कृष्ण भण्डारी प्रथम हुदंै ओभरअल प्रतिस्पर्धामा छनोट भएका थिए । मित्रबहादुर गुरुङ र सक्सेस गुरुङ क्रमश दोस्रो र तेस्रो भए ।
७० केजी तौल माथिको प्रतिस्पर्धामा शंकर सुवेदीले जितेका थिए । दोस्रो स्थानमा सुनिल कुशवाकर र अशोक शेरचन भने क्रमश दोस्रो र तेस्रो बन्न सफल भए । पुरुष फिजिक तर्फ रोशन उपरकोटी प्रथम भएका थिए । सिजन गुरुङ दोस्रो भए । अनिल गुरुङ भने तेस्रो स्थानमा चित्त बुझाए । महिला वेल्नेसको उपाधि विपना कुमालले जित्दा अनिता मगर दोस्रो र उमा पुन तेस्रो बनिन् ।
ओभरअल विजेता थापाले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । प्रत्येक तौल समूहका प्रथम, दोस्रो र तेस्रोले नगद ५,३ २ हजार रुपैयाँ प्राप्त गरे । पुरुष फिजिक विजेताले नगद १५ हजार पाउँदा उपविजेताल े१० र तेस्रो स्थान प्राप्त खेलाडीको हकमा भने नगद ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । महिला वेल्नेस विजेताले नगद १५ हजार पाउँदा दोस्रो र तेस्रोले क्रमश १० र ७ हजार रुपैयाँ प्राप्त गरे ।
विजेतालाई गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ तथा प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाहकार सुनिलकुमार गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामा लगायतले पुरस्कार प्रदान गरेका थिए । ४० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको व्यवस्थापन पूर्व कास्की जिल्ला बडिविल्डिङ संघ (एनएफबीएफ) ले गरेको थियो ।