
पोखरा-पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित सेप्टेम्बरको मन्थ्ली मेडल गल्फको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन् ।

शनिबार पार ६९ को कोर्षमा भएको स्टेबल फोर्ड फुल ह्याण्डीक्याप अन्तर्गतको प्रतिस्पर्धामा गौचनले ३८ को कार्ड बनाउँदै उपाधि जितेका हुन् । उपविजेता भने एएसपी लिलाजग गुरुङ भए । उनले ३५ को कार्ड बनाए ।

१८ होलको कोर्षमा मासिक रुपमा मन्थ्ली मेडल हुदैं आएको छ । ग्रस तर्फको पुरस्कार क्याप्टेन गणेश गुरुङ बने । विजेतालाई कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष एएसपी भक्तराज गुरुङले वितरण गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…