गौचनलाई सेप्टेम्बरको गल्फ मन्थ्ली मेडल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १९ गते २०८१ मा प्रकाशित


पोखरा-पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित सेप्टेम्बरको मन्थ्ली मेडल गल्फको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन् ।

शनिबार पार ६९ को कोर्षमा भएको स्टेबल फोर्ड फुल ह्याण्डीक्याप अन्तर्गतको प्रतिस्पर्धामा गौचनले ३८ को कार्ड बनाउँदै उपाधि जितेका हुन् । उपविजेता भने एएसपी लिलाजग गुरुङ भए । उनले ३५ को कार्ड बनाए ।

१८ होलको कोर्षमा मासिक रुपमा मन्थ्ली मेडल हुदैं आएको छ । ग्रस तर्फको पुरस्कार क्याप्टेन गणेश गुरुङ बने । विजेतालाई कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष एएसपी भक्तराज गुरुङले वितरण गरेका थिए ।