राइजिङ पोखरालाई क्लबस्तरिय क्रिकेटको उपाधि

- सुवास बने प्लेयर अफ दि सिरिज

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १२ गते २०८१ मा प्रकाशित


पोखरा-अनिल गुरुङको शतकीय पारीमा पोखरा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै राइजिङ पोखरा क्रिकेट क्लबले चुमेको छ । कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लबस्तरिय एक दिवसिय क्रिकेट च्याम्पियनसिपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाउँदै उपाधि उचाल्यो ।

ओपनिङमा आएका अनिलले १०१ रनको शतकिय पारी खेल्दै नटआउट रहे । ११९ बलमा ८ चौका र २ छक्का समेत प्रहार गरे । यस्तै कृष्ण पौडेल २७ रनमा नटआउट रहे । उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । विमल विक्रम खत्रीले ६९ रनको योगदान दिदै आउट भए । राइजिङको जितमा ओपनर उनले ६६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । नविन पोख्रेल ५, निर्मल क्षेत्री १६, अस्विन अधिकारी १ रनमा आउट भए । पोखराका लागि देव साहले १० ओभरमा ४६ रन खर्चदै सर्वाधिक ३ विकेट लिए । अमन सुवेदीले १ विकेट लिए ।

त्यस अघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिको निम्तो पाएको पोखरा क्रिकेटले ५० ओभरमा ८ विकेट गुमाउँदै २२४ रन बनायो । पोखराका लागि सुवाष भण्डारी ८८ रनमा नटआउट रहे । उनले १०५ बलमा ९ चौका र १ छक्का प्रहार गरे । ओपनर मुस्कान थापाले ३२ रन जोडे । उनले ३१ बलमा ६ चौका प्रहार गरे । अर्जुन बुढाथोकी ११, रोशन पौडेल १३, मनिस भण्डारी ४, अनिस खड्का २, इशान श्रेष्ठ १८, देव शाह १० र विजय राउत ६ रनमा आउट भए । अमन सुवेदी २ रनमा नटआउट रहे ।

राइजिङका लागि अन्जन केसीले १० ओभरमा २ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । समिर भुजेलले १० ओभरमा ४३ रन खर्चेर २ तथा कृष्ण पौडेल र सविन खत्रीले समान १÷१ विकेट लिए । पोखरा क्रिकेट क्लबका सुवाष भण्डारी प्लेयर अफ द सिरिज घोषित भए । उनले जारी प्रतियोगितामा कुल ९ अंक बटुल्दै सर्वोत्कृष्ट घोषित भएका हुन् । उनले कुल चार खेलमा ८ विकेट लिए भने १२० रन बनाए । यस्तै राइजिङका अनिल गुरुङ उत्कृष्ट ब्याट्सम्यान घोषित भए । उनले चार खेल खेल्दै कुल १९१ रन बनाए । उनी फाइनल खेलको म्यानअफ दि म्याच समेत घोषित भए । पोखराकै देव साह उत्कृष्ट बलर घोषित भए । उनले कुल चार खेलमा १४ विकेट लिए । उनीहरुले ट्रफी हात पारे ।

कात्तिक १ गतेदेखी प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण समारोहमा बोल्दै प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरामा अब राउन्डरोविन लिग खेलाउने प्रयास गर्ने बताए ।