
पोखरा-नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको मिति नजिकिदैं छ । मिति नजिकिएसँगै पोखरा एभेन्जर्सले पोखरा रंगशाला क्रिकेट मैदानमा प्रशिक्षण शुरु गरेको छ ।
केही दिन अघि मात्रै गण्डकी हिरोज र आईकोनिक प्लेयर्स छनोट गरेको पोखरा एभेन्जर्सले दुईदिन अघिदेखि बन्द प्रशिक्षण शुरु गरेको हो । केही खेलाडीले नेट्समा प्राक्टिस गरेका छन् । आजदेखि व्याटिङ प्राक्टिस गरिरहेका छन् ।

यही मंसिर १५ गतेदेखि काठमाडौंको किर्तिपुर क्रिकेट मैदानमा हुने प्रिमियर लिगको तयारीको लागि पोखरा एभेन्जर्सले एकसाता प्रशिक्षण गर्ने छ । पोखरा एभेन्जर्सको मार्की खेलाडी भने कुशल भुर्तेल हुन ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…