पोखरा एभेन्जर्सको पोखरा क्रिकेट मैदानमा प्रशिक्षण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ६ गते २०८१ मा प्रकाशित


पोखरा-नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको मिति नजिकिदैं छ । मिति नजिकिएसँगै पोखरा एभेन्जर्सले पोखरा रंगशाला क्रिकेट मैदानमा प्रशिक्षण शुरु गरेको छ ।

केही दिन अघि मात्रै गण्डकी हिरोज र आईकोनिक प्लेयर्स छनोट गरेको पोखरा एभेन्जर्सले दुईदिन अघिदेखि बन्द प्रशिक्षण शुरु गरेको हो । केही खेलाडीले नेट्समा प्राक्टिस गरेका छन् । आजदेखि व्याटिङ प्राक्टिस गरिरहेका छन् ।

यही मंसिर १५ गतेदेखि काठमाडौंको किर्तिपुर क्रिकेट मैदानमा हुने प्रिमियर लिगको तयारीको लागि पोखरा एभेन्जर्सले एकसाता प्रशिक्षण गर्ने छ । पोखरा एभेन्जर्सको मार्की खेलाडी भने कुशल भुर्तेल हुन ।