पोखरा-आगामी मंसिर २२ गतेदेखि लेखनाथको भण्डारढीक खेलमैदानमा आयोजना हुने २५ औं आदर्श कपमा सहभागिता जनाउने टोली फाइनल भएको छ । तीन विभागीय टोलीले जनाउँदा अन्य पाँच टोली भने जिल्ला फुटबल संघको टोली रहने आयोजक आदर्श क्लबले जनाएको छ ।
सहभागि हुने टोलीमा आयोजक आदर्श क्लब, स्याङजा फुटबल संघ(होराईजन क्लब), कास्की जिल्ला फुटबल संघ(कास्की ११), तनहुँ जिल्ला फुटबल संघ, गोरखा जिल्ला फुटबल संघ, नेपाल आर्मीको सिद्धिदल गण(पश्चिम पृतना), सशस्त्र प्रहरी बल(गण्डकी मुख्यालय) र नेपाल प्रहरी(गण्डकी प्रदेश)ले सहभागिता जनाउने छ ।
२५ औं वर्षमा आईपुग्दा क्लबले पुरस्कार राशी पनि ४ लाख २५ हजार ५२५ रुपैयाँ तय गरेको छ । उपविजेताले २ लाख२५ हजार ५२५ रुपैयाँ प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडीले नगद २५ हजार, उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अफ दि म्याच समेत घोषित गरिने छ।
प्रतियोगिता तयारीको लागि क्लबले भण्डारढीकस्थित खेल मैदान मर्मत सम्भार गरिरहेको छ । मैदानमा दुबोको चपरी समेत हालेर मैदानलाई अझै व्यवस्थित बनाउन क्लब तल्लिन छ ।