
पोखरा-बाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ ।
कालिकाले विन्ध्यवासीनि मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउदै उपाधि जितेको हो । निधारी समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा कालिकाले विन्ध्यवासीनिलाई ३–२ गोलले हरायो ।
पोखरा ५, मालेपाटनमा रहेको बाराही माविले विद्यालयको ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कालिकाले उपाधि सहित नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । त्यसै गरी विन्ध्यवासीनिले नगद २० हजार ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी कालिका माविका कुशल नेपाली, हाइस्कोरर विन्ध्यवासीनि माविमा सरोज थापा, उत्कृष्ट गोलकिपर कुशल नेपाली कालिका मावि, उत्कृष्ट डिफेन्स विन्ध्यवासीनिका विपिन गुरुङ, उत्कष्ट स्टाइकर कालिकाका बिवास गुरुङ र उत्कृष्ट कोचको उपाधि कालिकाका आशिष श्रेष्ठले जित्न सफल भए ।
त्यसै गरी छात्रा तर्फको मैत्रिपुर्ण खेलमा कन्या माविले बाराही माविलाई १–० गोलले हरायो । क्लस्टर स्तरीय प्रतियोगिता पहिलो पटक आयोजना भएको हो । हुन लागेको हो । कास्की जिल्लाका १५ वटा विद्यालयहरूले प्रतियोगितामा सहभागीता जनाएका थिए । प्रतियोगिताले विद्यार्थीहरूको खेलकुदमा रुचि र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न गरेको विद्यालय प्रधानध्यापक शिव भण्डारीले जानकारी दिए ।
विजेता खेलाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्री, समाजसेवी पुरुषोतम प्रसाद पराजुली, हेमराज अधिकारी, लक्ष्मण बराल, प्रधानध्यापक शिव भण्डारी, बाराही विद्यालयका खेलकुद संयोजक सुशील केसी लगाएतले पुरस्कार वितरण गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…