विराटनगरमाथि जनकपुरको सहज जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १५ गते २०८१ मा प्रकाशित


पोखरा-विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले गर्दै सुखद शुरुवात गरेको छ । जितको हकदार बनाउने क्रमममा मिलान्था र हर्स ठाकरको महत्वपूर्ण साझेदारी रह्यो । मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा अविजित २६ रन बनाएपछि विराटनगर किंग्सले दिएको १२७ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाउँदै पुरा गर्यो ।

विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको थियो । तर सोलले आसिफ शेखलाई बोल्ड गर्दै विराटनगरलाई विकेट दिलाएका थिए । कप्तान अनिल शाह पनि व्यक्तिगत ५ रनमा आउट हादा जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो । प्रतिश जिसीले कप्तान अनिललाई बोल्ड गरेका थिए । तर त्यसपछि मिलान्था र हर्श थाकरले मिलेर इनिङ्स समाले । यो जोडीले तेस्रो विकेटका लागि शतकीय साझेदारी निभाए ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । गप्टिल उनपीएलमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नै एनपीएलको पहिलो छक्का पनि प्रहार गरेका थिए ।

त्यसअघि एनपीएलको पहिलो चौका विराटनगरका लोकेश बमले प्रहार गरेका थिए । तर उनलाई आउट गर्दै जनकपुरका ललित राजवंशी एनपीएलको पहिलो विकेट लिने खेलाडी बने । ६ रनमै लोकेश बमलाई पहिलो विकेटको रुपमा गुमाएको विराटनगरक लागि गप्टिल र आकिब इल्यासले ४७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

त्यसपछि आएका ब्याटरले गप्टिललाई राम्रो साथ दिन सकेनन् । निकोलस किर्टोन ९, बसिर अहमद ७,राजेश पुलामी मगर १, प्रतिश जिसी २, कप्तान सन्दीप लामिछाने ७, क्रिस सोल ४ तथा जितेन्द्र मुखिया खाता नखोली आउट भए । जनकपुरका लागि नेपाली स्पीनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । ललितले पनि ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै क्यानडियन अलराउण्डर ठाकरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।