
क्याडी गल्फ
पोखरा-पोखरा रंगाशालाभित्र गल्फ एकेडेमी छ । एकेडेमी अहिले निर्माणको प्रारम्भिक चरणमा छ । अब माटो सम्याएर ल्याण्डस्केप गर्ने योजना कास्की जिल्ला गल्फ संघले गरेको छ । पोखरामा गल्फको विकास गर्ने एक मात्र ध्येय संघको छ ।
एकेडेमी निर्माणमा जुटेको संघले केही दिन अघि मात्रै पोखरामा पहिलो पटक एमेच्योर गल्फ प्रतियोगिता आयोजना गर्यो । आयोजनाले धेरै एमेच्योर गल्फर पोखरा गल्फ खेल्न आईपुगे । प्रतियोगिता खेल्न आएका गल्फरले प्रतियोगितामा प्राप्त पुरस्कारलाई एकेडेमी निर्माण सहयोगार्थ भन्दै संघलाई पुरस्कार राशी हस्तान्तरण गरेर फर्किए ।
प्रतियोगितामा गोरखा गल्फ सोसाईटी अफ युकेका महासचिव निल थापा १५ हजार, नोर्बु शेर्पाले १० हजार, बेटरबलका तेस्रो स्थानमा आएका ऋषिकेश सेन र श्याम सुब्बाले प्राप्त गरेको २० हजार र पासाङ शेर्पाले १० हजार राशी पुरस्कार हस्तान्रण गरेका हुन् । प्रतियोगिता सहभागिता जनाएको आर्क(ए.आर.आर.सी) सपोर्ट बटालियन युकेका गोरखा मेजर डेनी गुरुङको नेतृत्वमा आएको टोलीले ५० हजार गरी झण्डै १ लाख ५ हजार रुपैयाँ संघलाई एकेडेमी निर्माणको लागि हस्तान्तरण गरेर फर्किएको कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले जानकारी दिए ।
प्रतियोगिताको पूर्वसन्ध्यामा उनले पत्रकार सम्मेलन मार्फत गल्फ एकेडेमी निर्माण नै संघको पहिलो प्राथमिकतामा रहेको जनाएका थिए । संघको एकमात्रै उद्देश्य एकेडेमी निर्माण गरी पोखराको गल्फ विकासमा टेवा पुर्याउने रहेको छ । संघले एकेडेमी निर्माण गर्न एक वर्ष अघि पोखरा महानगरपालिकाको सहयोगमा पोल गाडेको छ । सोही पोलमा जाली लगाएर संरक्षण गर्दै कोर्ष तयार गर्ने योजना रहेको संघले जनाएको छ । प्रतियोगिताबाट बचत रकम पनि एकेडेमीमा खर्च गर्ने संघका अध्यक्ष गुरुङले बताए । उनका अनुसार अब एकेडेमीको लागि तारबार लगाई संरक्षण गर्ने काम भईरहेको सुनाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…