
ब्याडमिन्टन
काठमाडौं -नेपाल ब्याडमिन्टन संघको आयोजनमा नेपालमा दोश्रो पटक आयोजना हुन लागेको योनेक्स सनराईराईज नेपाल अन्तराष्ट्रिय च्यालेन्ज २०२४ भोलीबाट सुरु हुने भएको छ ।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री माननिय पुष्पकमल दाहालले एक कार्यक्रमबिच उद्घाटन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।
बिश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एशियाको स्विकृतीमा योनेक्स सनराईज नेपाल च्यालेन्ज २०२४ मा बिश्वका ५ महादेशका नेपाल सहित २२ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । जसमा नेपाल सहित भारत, अमेरिका, थाईल्याण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेशिया, ईन्डोनेशिया, ईरान, ईटाली, युनाईटेड अवर ईमिरेट, जाम्बिया, युगाण्डा, ईङ्गल्याण्ड, न्यूजील्याण्ड, म्यानमार, अष्ट्रेलिया, युक्रेन, जापान रहेका छन् ।
च्यालेन्जमा पुरुष÷महिला एकल तथा युगल र मिक्स युगल गरि ५ विधामा प्रतिस्पर्धा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । जसमा १७४ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
१५ हजार अमेरिकी डलरको पुरस्कार रासी रहेको प्रतियोगितामा सवै विधाका विजेता, उपविता, सेमिफाईनलिष्ट र क्वाटरफाईनलिष्टका खेलाडीहरुले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त गर्नेछन् । यस्तै च्यालेन्जको लगतै १२ गते शुक्रबार देखि १४ गते आईतबार सम्म योनेक्स सनराईज नेपाल जुनियर अन्तराष्ट्रिय सेरिज २०२४ आयोजना हुनेछ । जसमा नेपाल सहित भारत, न्युजिल्याण्ड, मलेशिया, थाईल्याण्ड, ईरान, युनाईटेड अरव ईमिरेट्सका खेलाडीहरुको सहभागिता रहने छ ।
सिरिजमा पुरुष÷महिला एकल तथा युगल र मिक्स युगल गरि ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । जसमा १०७ खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्ज तर्फ ९ पुरुष र ७ महिला तथा जुनियर तर्फ ८ पुरुष र ८ महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । योनेक्स सनराईज कम्पनी, सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्ज र सिरिजको लागत करिव १ करोड १६ लाख रहेको छ । योनेक्सले १५ हजार अमेरिकी डलरका साथ सहभागी नेपाली खेलाडीहरुलाई खेल पोशाक र ४ सेट ब्याडमिन्टन कोर्ट उपलब्ध गराउने छ । यस्तै बाँकी रकम राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद बिकास परिषद् तथा विभिन्न बैंक तथा कम्पनीहरु र सहयोगी संघ संस्थाबाट पूर्ति गरिने अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…