
काठमाडौं-काठमाण्डौमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ मा नेपालको यात्रा एक कास्यमा सिमित हुँदै समाप्त भएको छ ।
आज सम्पन्न मिक्स युगल तर्फको सेमिफाईनलमा खेलमा नेपालका नम्बर एक खेलाडी द्वय प्रिन्स दाहाल र रसिला महर्जन थाईल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईछानाको जोडी संग २१–१५, २१–१७ ले पराजित भए पश्चात नेपाल एक कास्यमा खुम्चिन गएको हो ।
यस अघि प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा नेपालकै क्षितिज खनाल र शोभा गौचनको जोडीलाई पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका थिए ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिपको मिकस युगलकै अर्को खेलमा मलेसियाका लाउ यि सेङ्ग र याप रु चेनको जोडीले फाईनलमा स्थान बनाए । उक्त जोडीले भारतका थानदाङ्ग्री हेमा नगेन्द्र बाबु र श्रीललिता सुप्रिया यलाप्रागाडाको जोडीलाई २१–१०, २१–९ले पराजित गरेका थिए ।
महिला एकल तर्फको खेलमा भारतकी इरा शर्माले जित हात पार्दै फाईनलमा थाईल्याण्डकी ललिनरात चाईवान संगको भेट पक्का गरिन् । ईराले सेमिफाईनलमा थाईल्याण्डकी तिदापोर्न क्लिबिसुनलाई १५–२१, २५–२३, २१–१५ र ललिनरातले युएसएकी इसिका जयसवाललाई २१–१४, २१–१७ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…