
पोखरा-आगामी माघ दोस्रो साता आयोजना हुने पाँचौ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितालाई सञ्चार सेवा प्रदायक एनसेलले मुख्य प्रायोजन गरेको छ । मुख्य प्रायोजन गरेसँगै प्रतियोगिताको नाम पनि एनसेल टाईगर कप हुने छ । टाइगर गु्रप अफ पोखराका सचिव डिबी नेपालीका अनुसार एनसेलले मुख्य प्रायोजन गर्ने सम्झौता गरेसँगै प्रतियोगिताको नाम समेत एनसेल टाईगर कप राखिएको हो ।
टाइगर गु्रप अफ पोखराको आयोजना हुने प्रतियोगिताको पुरस्कार राशी बृद्धि गरिएको छ । बिधागत तर्फको पुरस्कार पनि बृद्धि गरिएको छ । प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा हुने छ ।
टाइगर गु्रप अफ पोखरा नेपालले माघ १२ देखी १९ गते सम्म हुने प्रतियोगिताको पुरस्कार राशि ३० हजारका दरले बृद्धि गरिएको छ । बिधागत तर्फ भने नगण्य बढाईएको छ । संस्थाका सचिव डि।बी नेपालीको अनुसार पुरस्कार राशी महिला तथा पुरुष बिजेताले नगद ५ लाख ८५ हजार ५ सय ५५ सहित ट्रफी, प्राप्त गर्ने छन भने उपबिजेता महिला तथा पुरुष टोलीले दुई लाख ८५ हजार ५ सय ५५ र तेस्रो हुने टोलीलाई भने नगद १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ ।
विधागत तर्फ सर्वोत्कृष्ठ खेलाडीद्वयले २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्दा सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाईकर र प्रशिक्षकले १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने संस्थाले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, श्रीलंकन आर्मी टिम, भारतरचीन तथा माल्दिभ्सको एक टोलीले सहभागिता जनाउने उनले जानकारी दिए । महिला तर्फ सम्भावित टोलीमा गण्डकी प्रदेशरएभरेष्ट बोर्डिङ स्कुल, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, भारतीय एक टिम र थाईल्याण्डको एक टोली रहने छन् ।
पुरुष तर्फ गत वर्ष हेल्प नेपालले गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो भने महिला तर्फ नेपाल एपीएफ क्लबले न्यु डायमण्ड युथ स्पोर्टसलाई पराजित गर्दै उपाधि जितेको हो । राृउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको कुल एक करोड २ लाख खर्च हुने आयोजना टाईगर ग्रुप अफ पोखराले जनाएको छ ।