नविनलाई फेयरवेल टेनिसको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १ गते २०८१ मा प्रकाशित


पोखरा-गुरुङ भिलेज टेनिस कोर्टमा आयोजित फेयरवेल टेनिसकपको उपाधि नविन श्रेष्ठले जितेका छन् । मंगलबार भएको फाईनलमा नविनले धरमबहादुर लामिछानेलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । पहिलो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । टाईब्रेकरमा पुगेर टुंगिएको सेट ७-६(७/४) को सेटमा पराजित गर्दै नविनले अग्रता लिए । तर दोस्रो सेट भने ६-३ ले लिदैं उपाधि आफनो बनाए ।

प्रतियोगितामा बेष्ट प्लयेरबाट राजन पौडेल पुरस्कृत भए । १६ वर्षदेखि टेनिस खेलको विकास र विस्तारमा योगदान पुर्याउँदै आएका पदम गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

गुरुङ भिलेज टेनिस कोर्टमा प्रतियोगिता खेलाउनेलाई विभिन्न व्यक्तित्वलाई समेत खादा लगाई सम्मान गरिएको थियो । गण्डकी प्रदेश सदस्य प्रकाश बराल, पोखरा पर्यटन परिषदका पुवर्् अध्यक्ष गणेश भट्टराई, प्रदेश टेनिस संघ गण्डकीका अध्यक्षा विनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।