
पोखरा-गुरुङ भिलेज टेनिस कोर्टमा आयोजित फेयरवेल टेनिसकपको उपाधि नविन श्रेष्ठले जितेका छन् । मंगलबार भएको फाईनलमा नविनले धरमबहादुर लामिछानेलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । पहिलो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । टाईब्रेकरमा पुगेर टुंगिएको सेट ७-६(७/४) को सेटमा पराजित गर्दै नविनले अग्रता लिए । तर दोस्रो सेट भने ६-३ ले लिदैं उपाधि आफनो बनाए ।
प्रतियोगितामा बेष्ट प्लयेरबाट राजन पौडेल पुरस्कृत भए । १६ वर्षदेखि टेनिस खेलको विकास र विस्तारमा योगदान पुर्याउँदै आएका पदम गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
गुरुङ भिलेज टेनिस कोर्टमा प्रतियोगिता खेलाउनेलाई विभिन्न व्यक्तित्वलाई समेत खादा लगाई सम्मान गरिएको थियो । गण्डकी प्रदेश सदस्य प्रकाश बराल, पोखरा पर्यटन परिषदका पुवर्् अध्यक्ष गणेश भट्टराई, प्रदेश टेनिस संघ गण्डकीका अध्यक्षा विनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…