
पोखरा-माघ १२ गतेदेखि पाँचौ संस्करणको राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिता शुरु हुदैं छ । प्रतियोगिताको पूर्वसन्ध्यामा भलिबल कोर्टको मर्मत सम्भार अन्तिम चरणमा छ । भलिबल कोर्ट मर्मत सम्भारमा जुटेको टाईगर ग्रुपले कोर्ट प्रयोग वापत जिल्ला खेलकुद विकास समिति कास्कीलाई शुल्क स्वरुप १ लाख रुपैयाँ बुझाएको छ ।
समितिले व्यवसायिक प्रयोजनाको लागि कोर्टको शुल्क दैनिक ४० हजार तोकेको छ । तोकिएको शुल्क बुझाएपछि मात्रै टाईगर ग्रुपले सम्झौतासँगै कोर्टलाई अन्तिमरुप दिने संघारमा जुटेको हो । ‘कोर्टको दैनिक शुल्क ४० हजार तोकिएको छ । हामीले ८ दिन खेलाउने हो । ८ दिनको तीनलाख २० हजार हुन्छ । जसमध्ये ३५ प्रतिशत छुट समितिले दिएको छ । छुट अनुसार हामीले २ लाख ८ हजार बुझाउनुपर्ने हो । जसमध्ये सम्झौता अनुसार १ लाख रुपैयाँ बुझायौं ।’ टाईगर ग्रुपका सचिव डिबी नेपालीले भने—‘शुल्क लिएपछि मर्मत सम्भार गरेर कोर्ट तयार गरिदिनुपर्ने दायित्व समितिको पनि हो ।’ जिल्ला खेलकुद विकास समिति कास्कीका प्रमुख सुनबहादुर लामाले टाईगर ग्रुपले बाँकी शुल्क बुझाएपछि समिति मार्फत गरिएको कामको खर्च व्यहोर्ने बताए ।
टाईगर ग्रुप अफ नेपाल पोखराले आयोजना गर्दै आएको महिला तथा पुरुष भलिबल प्रतियोगितालाई एनसेलले मुख्य प्रायोजन गरेको छ । पाँचौ संस्करणको एनसेल राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिता महिला र पुरुषका ६र ६ टोलीले सहभागिता जनाएका छन् । महिला तर्फ विदेशी टोलीको रुपमा ट्राभल ईन्क्वारी युनाईटेड प्यासन भलिबल क्लब सिसाकेट थाईल्याण्डको सहभागिता छ । पुरुष तर्फ भने विदेशी क्लबको रुपमा सुनिल भलिबल क्लब कुरुक्षेत्र भारत रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जनाए ।
महिला तर्फ टाईगर ग्रुप अफ नेपाल, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिपटप न्यु डायमण्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लबको सहभागिता रहेको छ । यसैगरी पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब,, गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब साथै नेपाल एपीएफ क्लबले प्रतिस्पर्धा गर्ने छन् । अध्यक्ष शर्माका अनुसार गण्डकी प्रदेशको दुवै टोलीमा तीन विदेशी खेलाडीलाई समावेश गरिएको छ ।
प्रतियोगितामा महिला तथा पुरुष विजेताले ५ लाख ८५ हजार,५५५ रुपैयाँ, उपविजेताले २ लाख ८५ हजार ५५५ रुपैयाँ, र तेस्रो हुनेले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले जनाकारी दिए । महिला तथा पुरुष सर्वोत्कृष्ठ खेलाडीलाई २५ हजार ७७७ रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट विधागत पुरस्कार स्वरुप १० हजार ५५५ रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…