पोखरा कप राष्ट्रिय पुरुष बास्केटबलको उपाधि गण्डकीलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ९ गते २०८१ मा प्रकाशित


फ्रि हिटः बास्केट गर्ने प्रयासमा गण्डकीका खेलाडी ।

पोखरा-पोखरामा पहिलो पटक आयोजित पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । बुधबार पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा बागमती प्रदेशलाई ८१( ७८ स्कोरमा पराजित गर्दै उपाधि आफनो नाममा लेखायो ।

प्रदेश बास्केटबल संघ गण्डकीको आयोजनामा सञ्चालित प्रतियोगितामा ६ प्रदेशको सहभागिता रहेको थियो । पहिलो क्वार्टरदेखि नै अग्रता लिएपनि गण्डकीले जितको लागि निकै संघर्ष गर्नुपरेको थियो । विजेता बनेको गण्डकीले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको बागमतीले भने ६६ हजार ६ सय ६६ रुपैयाँ पायो । लुम्बिनी प्रदेश भने तेस्रो स्थानमा रहँदै ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको छ ।

विजेता टोलीलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, प्रदेश बास्केटबल संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।