
पोखरा-सशस्त्र प्रहरी बलले उत्कृष्ट पुनरागमन जित निकाल्दै पोखरामा आयोजित पाँचौ संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ । शनिबार विहान पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा आमन्त्रित टोली ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई उत्कृष्ट पुनरागम जित निकाल्यो । दुई सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै सशस्त्रले ३–२ सेटको जित सुनिश्चित गर्यो । पहिलो सेटमा १२–७ अंकमा अग्रता लिएको सशस्त्रले लय गुमाएपछि २५- २१ सेटमा सुम्पिन पुग्यो ।
आमन्त्रित टोली इन्क्वारीले दोस्रो सेटमा २५–२० को सहज जित निकालेको थियो । तर तेस्रो र चौथो सेटमा भने थाईल्याण्डको टोली उस्तै लय देखाउन सकेन् । तेस्रो सेटमा आईपुग्दा सशस्त्र खेलमाप फर्कियो । सशस्त्रले तेस्रो सेट २५–१९ अंकमा लिदैं कमब्याक गर्यो । चौथो सेट २५–२० अंकले लिएको सशस्त्रले खेलमा पुनरामगन गर्यो । टाईब्रेकर सेटमा उत्कृष्ट प्रदर्शनलाई दोहोर्याउँदै साविक विजेता सशस्त्रले १५–७ को जित निकाल्दै सुखद नजिता आत्मसात गर्यो ।
अब हुने दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेलपछि प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ गर्नेछन् । उद्घाटन खेल आयोजक महिला टोली र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…