
पोखरा-पुलिसको पहिलो जितपोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार बेहोरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएकाे खेलमा ट्राभल इन्क्वारी नेपाल पुलिस क्लबसँग ३–१ को सेटले पराजित भएको हो ।पहिलो सेट २३–२५ ले गुमाएको पुलिसले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै पहिलो जित दर्ता गराएको हो । पुलिसले दोस्रो सेट २५–१४, तेस्रो र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो ।
पहिलो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएको पुलिसले पहिलो जित निकालेको हो । ट्राभल इन्क्वारीले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपिएफसँग पराजित भएको थियो ।आजै भएको पहिलो खेलमा सशस्त्र प्रहरी बल एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । अब पुरुषतर्फको खेल हुनेछ ।
भारतको सुनिल भलिबल क्बल र नेपाल पुलिस क्लबबिच हुनेछ । त्यसपछि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफले प्रतिष्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…