
पोखरा-पाँचौ एनसेल टाईगर कप भलिबल प्रतियोगितामा विभागीय क्लब सशस्त्र प्रहरीलाई चौथो सेटमा जित गण्डकी प्रदेशले जितको आत्मसात गर्यो । मंगलबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३–१ सेटको जित दर्ता गर्यो । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै नजिता आफनो पक्षमा पार्न सफल रह्यो ।
गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । अब गण्डकी र एपिएफले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछन् । त्यसपछि शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।
यसअघि महिलातर्फ भएको खेलमा आयोजक टोली र नेपाल पुलिस क्लब विजयी भएका थिए । आयोजक टोलीले टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।
महिलातर्फ आयोजक टोली र एपिएफले पहिलो क्वालिफायर खेल्नेछन् । पुलिस र न्यू डायमण्डले एलिमिनेटर खेल्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…