
पोखरा-उत्कृष्ट प्रदर्शन गरेको सशस्त्र प्रहरी बल टिपटप हेल्प नेपाल स्पोर्टस क्लबसँग पराजित हुदैं पाँचौ एनसेल टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । दुई सेटले पछि परेको अवस्थामा पुनरागमन गर्दै २-२ सेटको अवस्थामा पुर्याएको सशस्त्र प्रहरी अन्तत पाँचौ सेटमा पराजित हुदै. प्रतियोगिताबाट बाहिरिन विवश भयो ।
पहिलो सेट २५-२२ मा लिएको हेल्प नेपालले दोस्रो सेट लिन निकै संघर्ष गर्यो । १८-१० को अवस्थामा पछि परेको सशस्त्रले कमब्याक गर्दै २७-२७ को अवस्थामा ल्याईउँदै खेलमा फर्किने संकेत गर्यो । तर संघर्षरत खेलमा सर्भिस प्वान्ट गुमाउँदै सशस्त्रले दोस्रो सेट हेल्प नेपाललाई २९-२७ मा लिदैं दबाव बनाई राख्यो ।
तर दुई सेटले पछि परेको सशस्त्रले तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन देखायो । शुरुबाटै अग्रता लिईरहेको सशस्त्रले तेस्रो सेट २५-१३ मा लिदैं खेलमा फर्किने प्रयास देखियो । चौथो सेट प्रतिस्पर्धात्मक बन्यो । २५-२३ मा सशस्त्रले आफनो पक्षमा पार्दै खेललाई टाईब्रेक सेटमा पुर्यायो । निर्णायक सेटमा भने सशस्त्र प्रहरी चुक्यो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै हेल्प नेपालले १५–१२ ले जित निकाल्यो । ७–१२ को अवस्थालाई उल्टाउँदै १२–१३ को अवस्थामा पु¥याएपनि अन्तिम समयमा अंक जोगाउन नसक्दा एपिएफले हार स्वीकार्नुपर्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…