
पोखरा-पोखरा रंगशाला भलिबल कोर्टमा दुई विभागीय डर्बी प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो । पाँचौ संस्करणको एनसेल टाईगर कप भलिबल प्रतियोगितामा नेपाल पुलिसले अर्को विभागीय क्लबलाई टाईब्रेक सेटमा पराजित गर्दै फाईनल सुरक्षित गर्यो । आर्मीले भने अब फाईनल प्रवेशको लागि गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ ।
डर्बी प्रतिस्पर्धा दुवैलाई आफनो विभागीय इज्जतको सवाल रह्यो । एकपछि अर्को सेट आफनो पक्षमा र विपक्षीलाई सुम्पिदै निर्णायक सेटमा पुगेर खेल टुंगियो । बाजी पुलिसले मार्यो । पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपाल पुलिस क्लबले ले दोस्रो सेट २२–२५ को अवस्थामा आर्मीलाई सुम्पियो । तर तेस्रो सेट २५–२२ ले जित्दै आर्मीमाथि दबाव बनाईराख्यो ।
चौथो सेट फेरी आर्मीले आफनो पक्षमा पार्दै प्रतिस्पर्धात्मक बनायो । चौथो सेट २३–२५ ले नेपाल पुलिस पछि पर्यो । तर, पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५–१२ जित निकाल्यो ।
यसअघि शुक्रबार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ महिलातर्फ फाइलनमा प्रवेश गरेको थियो । पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटक न्यू डायमण्ड स्पोटर््स क्लबसँग प्रतिष्पर्धा गर्नेछन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…